काठमाडौं । पेट्रियटस् कप अन्तर-कलेज क्रिकेट प्रतियोगितामा ब्लुबर्ड कलेज र गोल्डेनगेट कलेज फाइनल प्रवेश गरेका छन् ।
शुक्रबार भएको सेमिफाइनलमा ब्लुबर्डले एपेक्स कलेज र गोल्डेनगेटले हिलामयाँ ह्वाइटहाउस कलेजलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।
पहिलो सेमिफाइनलमा ब्लुबर्डले एपेक्सलाई १ सय १९ रनले पराजित गर्यो । २ सय ८ रनको लक्ष्य पछ्याएको एपेक्स मात्र ८८ रन बनाउँदा अलआउट भयो ।
ब्लुबर्डलेको फराकिलो जितमा तीन खेलाडीले अर्धशतक बनाएका थिए । दिपक डुम्रेले ७४, सचिन लेखकले ५४ र दुर्गेश छेत्रीले ५० रन बनाए । दिपक म्यान अफ द म्याच घोषित भए ।
दोस्रो सेमिफाइनलमा गोल्डेनगेटले ह्वाइटहाउसलाई ६ विकेटले पराजित गर्यो । १ सय ३ रनको लाच्य पछ्याएको गोल्डेनगेटले १४ ओभरमा ४ विकेट गुमाएर १ सय ५ रन बनायो ।
उसको जितमा तिर्थ राज दासले ६१ रनको अविजित अर्धशतकीय इनिङ खेले । गोल्डेनगेटका सुर्य तामाङले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिंदा म्यान अफ द म्याच घोषित भए ।
फाइनल खेल शनिबार हुने छ ।