काठमाडौं । शेन वार्नको स्मृतिमा आयोजना भएको नेपाल प्रो-क्लब च्याम्पियनसिपमा एपीएफ पाचौं भएको छ ।
शुक्रबार भएको खेलमा पुश स्पोर्ट्स दिल्लीलाई ६ विकेटले पराजित गर्दै एपीएफ पाचौं भएको हो ।
सिदार्थनगर रंगशालामा ६३ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १२ ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
उसको जितमा आयुषमान बमले अविजित २१ रन बनाए । यस्तै सुमित महर्जनले ११ र सन्दीप जोराले अविजित १२ रनको योगदान गरे ।
त्यसअघि पहिले ब्याटिङ गरेको पुशले १७ ओभर ५ बलमा ६२ रन जोड्दा अल आउट भयो । उसका आदित्य जैनले ३३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
पुशलाई सस्तैमा समेट्न पुलिसका भुवन कार्कीले ४ तथा बिपिन खत्रीले २ विकेट लिए ।
फाइनल खेल शनिबार रुपन्देही-११ र मलेसिया-११ बीच हुने छ ।