काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बावे 'ए' सँग घरेलु मैदानमा सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे 'ए' सँगको सिरिजको तालिका शुक्रबार सार्वजनिक गरेको हो । नेपाल र जिम्बावे 'ए' को सिरिज वैसाखमा हुनेछ ।
नेपालले जिम्बावे 'ए' सँग तीन ५० ओभरको र तीन टी-ट्वान्टी खेल खेल्ने छ ।
सिरिज वैशाख १७ गते त्रिवी क्रिकेट मैदानमा हुनेछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ ।
५० ओभरको सिरिज वैशाख १७ देखि २१ सम्म चल्ने छ । यस्तै टी-ट्वान्टी सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ ।
खेल तालिका :