काठमाडौं । इंग्ल्यान्डका टेस्ट कप्तान जोए रुटले कप्तानी छाडेका छन् ।
रुटले शुक्रबार कप्तानी छाडेका हुन् ।
वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला गुमाएपछि रुटको आलोचना हुँदै आएको थियो ।
३१ वर्षीय रुटले २०१७ मा कप्तान चयन भएका थिए ।
रुटले ६४ टेस्टमा इंग्ल्यान्डको नेतृत्व सम्हालेका थिए । त्यसमधये २७ टेस्टमा इंग्ल्यान्ड विजयी रहेको छ । इंग्लिस कप्तानले जितेको सबैभन्दा बढी टेस्ट हो ।
उनको नेतृत्वमा इंग्ल्यान्ड २६ टेस्टमा पराजित भएको छ ।