काठमाडौं । पेट्रियटस् कप अन्तर-कलेज क्रिकेट प्रतियोगितामा ब्लुबर्ड कलेज र गोल्डेनगेट कलेज सेमिफाइनल प्रवेश गरेका छ ।
ब्लुबर्ड समूह विजेता र गोल्डेनगेट समूह उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
बुधबार ब्लुबर्डले मोर्गन कलेजलाई ८ विकेटले पराजित गर्यो । ३८ रनको सामान्य लक्ष्य पछ्याएको ब्लुबर्डले ३ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । उसका सचिन लेखकले २२ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मोर्गनले १० ओभर २ बलमा ३७ रन बनाउँदा अलाउट भयो । मोर्गनका कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
मोर्गनलाई सस्तैमा समेट्न ब्लुबर्डका बिपिन आचार्यले ४ तथा बिश्व कार्कीले २ विकेट लिए ।
दोस्रो खेलमा गोल्डेनगेटले एपेक्स कलेजलाई ८ विकेटले पराजित गर्यो ।
१ सय २४ रनको लक्ष्य पछ्याएको गोल्डेनगेटले १२ ओभर ४ बलमा २ विकेट गुमाएर पुरा गर्यो । उसको जितमा तिर्थ राज दसले ५९ र सचिन शर्माले ५२ रनको अविजित इनिङ खेले ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपेक्सले १८ ओभर ३ बलमा १ सय २३ रन बनाउँदा अलआउट भयो ।
एपेक्सका अंकित बिकेले ३० रन बनाए । गोल्डेनगेटक रभी शाहले ५ विकेट हात पारे ।