काठमाडौं । शेन वार्नको स्मृतिमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिपमा नेपाल आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
बुधबार सिदार्थनगर क्रिकेट रंगशालामा समूह चरणको अन्तिम खेलमा उत्तर प्रदेश क्लबलाई ७ विकेटले पराजित गर्दै आर्मी समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।
१ सय १५ रनको लक्ष्य पछ्याएको आर्मीले खेलम ८ बल बाँकी रहँदा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । आर्मीका रोहित पौडेलले ३० तथा भीम शार्कीले अविजित २६ रन बनाए । सन्तोष कार्कीले २० रनको योगदान गरे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको उत्तर प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनायो । उसका शुभम चौदरीले २७, राज यादब र नितिन रामले समान २१ रनको योगदान गरे ।
आर्मीकाका सुशन भारी, जितेन्द्र मुखिया र हरि चौहानले समन २ विकेट लिए ।
उत्तर प्रदेश समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ ।