काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमीको ब्याटिङ कन्सल्टेन्टमा श्रीलंकाक मिहिराज वासन्थालाई नियुक्त गरेको छ ।
एकेडेमीले बुधबार एक बिज्ञप्ति गारी गर्दै श्रीलंकाका मिहिराजलाई तीन महिनाको लागि ब्याटिङ कन्सल्टेन्टको रुपमा अनुबन्धन गरेको बताएको छ ।
मिहिराज सन् २०२२ को जुलाईसम्म ग्रेट हिमालय क्रिकेट एकेडेमीमा प्रशिक्षण दिने छन् । यस्तै एकेडेमीले मिहिराजसँग नेपालको बिभिन्न स्थानमा क्याम्प गराउने तयारी समेत गरेको छ ।
मिहिराज अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को 'लेभल थ्री' प्रशिक्षक हुन् । मिहिराजसँग १५ वर्षको क्रिकेट प्रशिक्षकको रुपमा काम गरेको अनुभव रहेको छ ।
उनले श्रीलंका, दुबई, इंग्ल्यान्ड र भारतमा प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । यस्तै सन् २०१३ मा उनले श्रीलंकाको राष्ट्रिय महिला टोलीसँग ब्याटिङ एसिस्टेन्टको रुपमा कम गरेका थिए ।
मिहिराजले श्रीलंकामा सन् १९९९ देखि २००१ सम्म प्रथम श्रेणीको क्रिकेट खेलेका थिए । यसति उनले सन् २००२ देखि २००६ सम्म इंग्ल्यान्डबाट क्लब क्रिकेट खेलेका थिए ।
खेलाडीहरुलाई विश्वस्तरको ट्रेनिङ दिन मिहिराजलाई एकेडेमीमा ल्याउन लागेको एकेडेमीका अध्यक्ष सुदिप शर्माले बताए । 'हाम्रो एकेडेमीमा हाइ क्वालिटी प्रशिक्षकलाई स्वगत गर्न पाउँदा खुसी छौं ।' शर्माले विज्ञप्तिमा भनेका छन्, 'एकेडेमीले आफ्नो विद्यार्थीलाई राम्रो सुविधा र विश्वस्तरीय ट्रेनिङ दिन कोसिस गर्दै आएका छौं । अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक भित्राउनुले हाम्रो विद्यार्थीलाई फाइदा पुग्छ र अनुभवी प्रशिक्षकबाट उनीहरुले धेरै कुरा सिक्न सक्छन् ।'
लामो समयदेखि काठमाडौंको हात्तीवन र सन्तिनगरमा ग्रेट हिमालयको एकेडेमी संचालन हुँदै आएको छ ।