काठमाडौं । न्युजिल्यान्डक पूर्व यू-१९ क्रिकेटर लुक जीओर्गीसन् आयरल्याण्डबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएका छन् ।
मंगलबार आयरल्याण्डले सार्वजनिक गरेको केन्द्रिय सम्झौतामा पूर्व यू-१९ क्रिकेटर लुकलाई स्थान दिएको छ ।
लुकले न्युजिल्याण्डबाट उमेर समूह र घरेलु क्रिकेट खेल्दै आएका थिए । उनले सन् २०१८ को आईसीसी यू-१९ विश्वकपमा न्युजिल्यान्डको प्रतिनिधित्व गरेका थिए ।
'मेरो उद्देश्य राम्रो क्रिकेटर बन्न जतिसक्दो धेरै क्रिकेट खेल्नु हो ।' आयरल्याण्डको सेन्ट्रल कन्ट्रयाक्टमा परेपछि लुकले भनेका छन्, 'आयरल्याण्डबाट सम्झौताको प्रस्ताव पाउँदा मलाई धेरै खुसी लागेको छ ।'
पछिल्लो समय लुकले आयरल्याण्डमा क्लब क्रिकेट खेल्दै आएका थिए ।