काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बुधबार एक खेल हुँदैछ ।
पुनेमा हुने खेलमा मुम्बई इन्डियन्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।
मुम्बई आज पहिलो जितको खोजीमा रहेको छ । मुम्बईले यस अघि लगातार ४ खेलमा हार व्यहोरेको छ ।
मुम्बई अंक विहीन रहदै पुछारमा रहेको छ । यस सिजन मुम्बई जित विहीन रहने एक्लो टोली हो । तर, पाँचौ खेलमा भने मुम्बई अंक जोड्न चाहन्छ ।
पन्जाब भने आज तेस्रो जितको योजनामा रहेको छ ।
पन्जाबले ४ खेलमा ४ अंक जोडेको छ । पन्जाब सातौं स्थानमा रहेको छ ।
दुई टोलीबीचको पछिल्लो नतिजामा मुम्बई बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा मुम्बईले ३ खेलमा जित निकालेको छ ।