काठमाडौं । डिजिटल गडी प्रिमियर लिग (डीजीपीएल) मा गडी राइडर्स र छपकी सुपर किङ्स विजयी भएका छन् ।
पहिलो खेलमा भमरी वारियर्सलाई ४ विकेटले पराजित गर्दै गडीले दोस्रो जित निकालेको हो ।
गडी रंगशालामा १ सय १६ रनको लक्ष्य पछ्याएको गडी राइडर्स १० ओभर ४ बलमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । राइडर्सका सुभनकार उराओले ३७, दिपक पासवानले १६ रन बनाए ।
भमरी वारियर्सका लागि अभ्यास तिमिल्सिना र विधानले २-२ तथा सरोजले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भमरी वारियर्सले १९ ओभर ५ बलमा १ सय १६ रन बनायो । भमरीका विधानले सर्वाधिक ३४ रन बनाए । सरोज बस्नेतले २४ रनको योगदान गरे ।
गडीका सुभनकरले सर्वाधिक ३ विकेट लिए । खेलका म्यान अफ द म्याच सुभनकर घोषित भए ।
यस्तै दोस्रो खेलमा छपकी सुपर किङ्सले मधेली च्यालेन्जरलाई ३५ रनले पराजित गर्यो ।
टस जितेर पहिलो ब्याटिङ गरेको छापकी सुपर किङ्सले १४ ओभर २ बलमा १ सय ५ रन बनायो । छपकीका सोनु अन्सारीले ४०, समीरले २०, सिद्धान्तले १६ रन बनाए ।
मधेलिका सुमित यादवले ५ र कमल खत्री ले ३ विकेट लिए ।
१ सय ६ रनको लक्ष्य पछ्याएको मधेली १८ ओभर १ बलमा ७० रनमा अलआउट भयो । माधेलीका फिर्दोसले १७, ज्ञानेन्द्रले १२ रन बनाए ।
छपकी सुपर किङ्सका अभिषेक कुमार मेहताले ३ तथा सिद्धान्त, श्रवण ,दिपकले २-२ विकेट लिए ।
खेलको म्यान अफ द म्याच अभिषेक घोषित भए ।