काठमाडौं । पेट्रियटस् कप क्रिकेट अन्तर-कलेज प्रतियोगितामा एडभान्स कलेज र टेक्सास कलेज विजयी भएका छन् ।
मंगलबार मुलपानीमा भएको खेलमा टेक्सासले वाकओभर पायो भने एडभान्सले हिमालयन ह्वाइटहाउस कलेजलाई ७ विकेटले पराजित गर्यो ।
१ सय ३० रनको लक्ष्य पछ्याएको एडभान्सले १९ ओभर ३ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । उस जितमा दिपेस दसले अविजित ३२, सक्षम बारताकोटीले २८ अभिषेक थापाले २५ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ह्वाइटहाउसले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनायो । उसका निश्चल थापाले ५० रनको अर्धशतकीय इनिङ खेले ।
एडभान्सका अशिम श्रेष्ठले ३ विकेट हात पारे ।
त्यसअघि पहिलो खेलमा ओमेगा कलेज खेल नखेलेपछि टेक्सास कलेजले वाकओभर पायो ।