एजेन्सी । दोस्रो वरीयताका सर्बियन खेलाडी नोभाक जोकोभिचले पेरिस मास्टर्स टेनिसको सेमिफाइनलमा रोजर फेडेररसंग प्रतिस्पर्धा गर्ने भएका छन् ।
शुक्रबार राति भएको क्वाटरफाइनलमा जोकोभिचले क्रोएसियाका मारिन सिलिकलाई ४-६,६-२ र ६-२ ले पराजित गर्दै फेडेररसंगको भेट पक्का गरेका हुन् । पहिलो सेट गुमाएपनि पुनरागमन गर्दै जोकोभिचले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
यस्तै दोस्रो वरीयताका अष्ट्रेलियन ओपन विजेता स्विस फेडेररले जापानका केइ निशिकोरीलाई ६-४ र ६-४ को सेटमा हराएर सेमिफाइनलमा पुगेका थिए ।