काठमाडौं । बंगलादेशका फास्ट बलर खलिद अमेदलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जरिवानाको गरेको छ ।
अमेदले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेष्टमा आईसीसी कोड अफ कन्डक्ट उल्लंघन गरेको भन्दै आईसीसीले जरीवाना गरेको हो ।
खेलमा अमेदले आर्टिकल २.९ को धारा उल्लंघन गरेको पाईएको हो । उनलाई आईसीसीले १५ प्रतिशत म्याच फिस जरिवाना गरेको छ । जरिवानासँगै उनले एक डिमेरीट अंक समेत पाएका छन् ।
दोस्रो दिनको खेलमा अफ्रिकाको पहिलो इनिङको ९५ औं ओभरमा अमेदले केली भेर्रेनीको बलले अमेदलाई पछाडी लागेको र बलर अमेदले आक्रामक हुँदै बललाई असहज स्थितिमा भेर्रेनीको हातमा फालेका थिए ।
दुई फिल्ड अम्पाएर, थर्ड अम्पाएर र फोर्थ अम्पाएरको अमेदलाई दोषी ठहराएका थिए । अमेदले समेत आफ्नो गल्ति स्वीकार गर्दै जरिवानाको लागि तयार भएका छन् ।
खेलमा बंगलादेश घरेलु टोलीसँग ३ सय ३२ रनको फराकिलो हार ब्यहोरेको थियो । दक्षिण अफ्रिकाले दुई खेलको टेष्ट क्लिन स्विप गरेको थियो ।