काठमाडौं । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम दुई पटक आईसीसी प्लेयर अफ द मन्थ अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् ।
मार्च महिनाको प्लेयर अफ द मन्थ अवार्ड जितेसँगै आजम दुई पटक अवार्ड जित्ने पहिलो पुरुष खेलाडी बनेका हुन् ।
यस अघि आजमले २०२१ को अप्रिलमा प्लेयर अफ द मन्थ अवार्ड जितेका थिए ।
आजमले वेस्ट इन्डिजका कप्तान क्रेग ब्रेथवेट र अष्ट्रेलियाका कप्तान प्याट कमिन्सलाई पछि पार्दै यस अवार्ड जितेका हुन्।
अष्ट्रेलियन ओपनर राचेल हायनेसले महिलातर्फको प्लेयर अफ द अवार्ड जितेकी छिन् ।