काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ ।
मुम्बईमा हुने एक मात्र खेलमा साविक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । खेल ७:४५ बजे सुरु हुनेछ।
चेन्नई आज पहिलो जितको खोजीमा रहेको छ । साविक विजेता चेन्नईले लगातार ४ खेलमा हार व्यहोरेको छ ।
चेन्नई अंक विहीन रहदै पुछारमा रहेको छ । तर, पाँचौ खेलमा भने चेन्नई अंक जोड्न चाहन्छ ।
बैंगलोर आज चौंथो जितको योजनामा रहेको छ ।
बैंगलोर ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
चेन्नईलाई हराउँदै बैंगलोर शीर्ष स्थानमा उक्लनेछ ।
दुई टोलीबीचको पछिल्लो नतिजामा चेन्नई बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा चेन्नईले ३ खेलमा जित निकालेको छ ।