काठमाडौं । डिजिटल गडी प्रिमियर लिग (डीजीपीएल) मा भमरी वारियर्सले प्रतियोगितामा पहिलो जित निकालेको छ ।
सोमबार भमरीले छिटाहा टाइगर्सलाई ४६ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको हो ।
गडी रङ्गशालामा १ सय ५७ रनको लक्ष्य पछ्याएको छिटाहा टाइगर्स १८ ओभरमा १ सय १० रन बनाउँदा अलआउट भयो ।
छिटाहाका सोनुले ४२ रन बनाए । भमरीका अभ्यास तिमिल्सिना ले ४, विधान र सरोज ले २-२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भमरीले २० ओभर १ बलमा १ सय ४६ रन बनायो । भमरीका विधानले सर्वाधिक ४६ रन बनाए । कपिल मण्डलले ३६ रनको योगदान गरे ।
छिटाहाका लागि सोनी मण्डलले ३ विकेट लिए ।
खेलका म्यान अफ द म्याच अभ्यास घोषित भए ।