काठमाडौं । पेट्रियट्स कप अन्तर-कलेज टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा एपेक्स कलेजले लगातार दोस्रो जित निकालेको छ ।
मोर्गन कलेजलाई ३० रनले पराजित गर्दै एपेक्स कलेज सेमिफाइनल सम्भावना बलियो बनाएको हो ।
मुलपानीमा भएको दोस्रो खेलमा १ सय ४० रनको लक्ष्य पछ्याएको मोर्गन कलेज २० ओभरमा १ सय ९ रन बनाउँदा अलआउट भयो । उसका पवन सिग्देलले ३४ र राजकुमार श्रेष्ठले २६ रन बनाए ।
एपेक्सका मोहन सिंहले ४ तथा शशांक अग्रवालले ३ विकेट हात पारे । जितसँगै दुई खेलमा दुई जित निकालेको एपेक्स कलेजले सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।
त्यसआघ पहिले ब्याटिङ गरेको एपेक्सले २० ओभरमा १ सय ३९ रन बनायो । उसका खगेन्द्र सामन्तले २७ तथा शशांक अग्रवालले २३ रन बनाए ।
मोर्गनक सन्जिब मल्लले ३ विकेट लिए । खेलको म्यान अफ द म्याच मोहन सिंह घोषित भए ।
सोमबार भएको पहिलो खेलमा ब्लुबर्ड कलेजले गोल्डेनगेट कलेजलाई ९ विकेटले पराजित गर्यो ।
९७ रनको लक्ष्य पछ्याएको ब्लुबर्डले १२ ओभर ५ बलमा १ विकेट गुमाएर ९८ रन बनायो । उसको जितमा सचिन लेखकले ६० रनको अर्धशतकीय इनिङ खेले ।
त्यसअघि पहिले ब्याटिङ गरेको गोल्डेनगेटले २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनायो । उसका आसुतोष गैरेलव २७ रन बनाए ।
ब्लुबर्डमा बिपिन आचार्य र सुबास खत्रीले २-२ विकेट लिए ।
खेलको म्यान अफ द म्याच सचिन लेखक घोषित भए ।