काठमाडौं । शेन वार्नको स्मृतिमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिपमा मलेसिया-११ ले जित निकालेको छ ।
मलेसियाका भिरन्दिप सिंहले अलराउन्ड प्रदर्शन गर्दै प्रतियोगितामा मलेसियाले पहिलो जित निकालेको हो । मलेसियाले पुश स्पोर्ट्स दिल्लीलाई ७ विकेटले पराजित गर्यो ।
सिदार्थनगर क्रिकेट रंगशालामा १ सय ३३ रनको लक्ष्य पछ्याएको मलेसियाले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
मलेसियाका अहमद फैजले अविजित ३९, भिरन्दिपले ३३ र मुहमद अमिरले अविजित २५ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनायो । उसका मृगांक पाठकले ३९, मयांका गुप्ताले ३३ र अभिषेक अग्रवालले २६ रन बनाए ।
मलेसियाका भिरन्दिपले ५ विकेट हात पारे । उनले अन्तिम ओभरमा दिल्लीका ५ विकेट लिएका थिए । दिल्लीले अन्तिम ओभरमा १ रनआउट सहित ६ विकेट गुमायो ।
जितसँगै मलेसियाले सेमिफाइनल सम्भावना कायम राखेको छ ।