नेपालले मलेसियामा एसिया छनोट खेल्ने
सोमबार, २८ चैत्र २०७८खेलपाटी संवाददाता

फाइल फोटो
काठमाडौं । नेपालले आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रिय छनोट मलेसियामा खेल्ने भएको छ ।
आठ राष्ट्र सहभागी रहने प्रतियोगिता मलेसिया क्रिकेट एसोसिएसनले आयोजनाको जिम्मा पाएको हो ।
सन् २०२२ को जुनमा हुने छनोट प्रतियोगितामा मलेसिया, यूएई, नेपाल, थाइल्याण्ड, चिन, भुटान, म्यान्मार र कतारले सहभागिता जनाउने छन् ।
प्रतोयोगिताको विजेताले सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।
#आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रिय






-1770548725823.jpeg&w=3840&q=75)




-1770487281088.png&w=3840&q=75)

