काठमाडौं । नेपालले आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रिय छनोट मलेसियामा खेल्ने भएको छ ।
आठ राष्ट्र सहभागी रहने प्रतियोगिता मलेसिया क्रिकेट एसोसिएसनले आयोजनाको जिम्मा पाएको हो ।
सन् २०२२ को जुनमा हुने छनोट प्रतियोगितामा मलेसिया, यूएई, नेपाल, थाइल्याण्ड, चिन, भुटान, म्यान्मार र कतारले सहभागिता जनाउने छन् ।
प्रतोयोगिताको विजेताले सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।