काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।
मुम्बईमा आइतबार राति लखनउ सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो ।
राजस्थानले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।
लखनउका क्विन्टन डी ककले ३९ रन बनाए । दिपक होडाले २५ रन जोडे ।
यस्तै दुश्मन्था चामिराले १३ रन जोड्दा मार्कुस स्टोनिसले अविजित ३८ रन जोडे । क्रुनाल पाण्डयले २२ रन बनाए ।
राजस्थानका युजभेन्द्र चाहलले ४ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।
राजस्थानका लागि शिम्रन हिटमायरले ५९ रनको अर्धशतकीय इनिङ खेले । देबदुत पडिकलले ३९ रन जोड्दा रिटायर्ड आउट भए रविचन्द्र आश्विनले २८ रन बनाए ।
लखनउका जासन होल्डर र कृष्नपा गोथामले २/२ विकेट लिए ।
यस जितसँगै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ ।
राजस्थानले ४ खेलमा ६ अंक जोडेको छ ।
लखनउले ५ खेलमा ६ अंक नै जोडेको छ ।
लखनउ पाँचौं स्थानमा रहेको छ ।