काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले शीर्ष स्थानको कोलकत्ता नाइट राइडर्सलाई पराजित गरेको छ ।
मुम्बईमा आइतबार भएको खेलमा दिल्लीले कोलकत्तालाई ४४ रनले हराएको हो ।
दिल्लीले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७१ रन मात्र बनाउन सक्यो ।
कोलकत्ताका लागि कप्तान श्रेयस एयरले ५४ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन ।
यस्तै नितिश रानाले ३० तथा आन्द्रे रसेलले २४ रन जोडे ।
दिल्लीका कुलदिप यादवले ४ तथा खलिल अहमेदले ३ विकेट लिए । शार्दुल ठाकुरले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर २ सय १५ रन जोडेको थियो ।
दिल्लीका डेभिड वार्नरले ६१ रनको अर्धशतकीय इनिङ खेल्दा पृथ्वी शले ५१ रनको अर्धशतकीय इनिङ खेले ।
शार्दुल ठाकुरले अविजित २९ तथा अक्षर पटेलले अविजित २२ रन बनाए । कप्तान ऋषव पन्त २७ रनमा आउट भए ।
कोलकत्ताका सुनिल नारिनेले २ विकेट लिए ।
यस जितसँगै दिल्लीले ४ खेलमा ४ अंक जोडेको छ ।
दिल्ली छैटौं स्थानमा रहेको छ ।
कोलकत्ता ५ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।