काठमाडौं । पेट्रियट्स कप अन्तर-कलेज टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा हिमालय ह्वाइटहाउस कलेज र एडभान्स एकेडेमीले विजयी सुरुवात गरेका छन् ।
मुलपानी क्रिकेट मैदानमा आईतबार भएको पहिलो खेलमा ह्वाइटहाउसले टेक्सास कलेजलाई ३४ रनले पराजित गर्यो ।
खराब मौषमको करण १९ ओभरमा छोट्टाइएको खेलमा १ सय ६१ रनको लक्ष्य पछ्याउने क्रममा टेक्सास कलेज १७ ओभर ३ बलमा १ सय २६ रन बनाउँदा अलआउट भयो । उसका हिमाल कडायतले ४०, चिराग मैनालीले २१ रन बनाए पनि जित दिलाउन सकेनन् ।
ह्वाइटहाउसको जितमा सुबिन हाडा र सतिश यादबले समान ३-३ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको ह्वाइटहाउसले १९ ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनायो । उसका नितेस कुमार दसले ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै सार्थक धितालले ३७ रनको योगदान गरे ।
टेक्सासका मनिष खातीले २ विकेट हात पारे ।
खेलमा म्यान अफ द म्याच नितेस कुमार घोषित भए ।
दोस्रो खेलमा एडभान्स कलेजले ओमेगा कलेजलाई १ सय ९५ रनको ठुलो अन्तरले हरायो ।
२ सय १६ रनको ठुलो लक्ष्य पछ्याएको ओमेगा कलेज ७ ओभर ३ बलमा २० रन बनाउँदा अलआउट भयो । उसका सुशील पन्तले ५ र आदर्श भण्डारीले ४ रन बनाए ।
एडभान्सको फराकिलो जितमा बिप्राल खतिवडाले ३ तथा रुपेश सिंहले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एडभान्स कलेजले २० ओभरमा ५ विकेट गुमाएर २ सय १५ रन बनायो । उसको ठुलो स्कोरमा दिपेश दासले १ सय ३ रनको शतकीय इनिङ खेले । तक्षक सिम्खडाले ५२ रनको अर्धशतकीय इनिङ खेले ।
ओमेगाका रिदम सुनवारले २ विकेट हात पारे ।
खेलमा दिपेश दास म्यान अफ द म्याच घोषित भए ।