काठमाडौं । डिजिटल गडी प्रिमियर लिग (डीजीपीएल) मा छपकी सुपर किङ्सले लगातार दोस्रो जित निकालेको छ । आईतबार भएको पहिलो खेलमा छपकी सुपर किङ्सले छिटाहा टाइगर्सलाई ८ रनले पराजित गर्यो ।
गडी रंगशालामा १ सय ७२ रनको लक्ष्य पछ्याएको छिटाहा टाइगर्स २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन मात्र बनाउन सक्यो । छिटाहा टाइगर्सका रुपक बरालले ३७, प्रवेश कमती ले ३८ रनको जोडे ।
छापकी सुपर किङ्स लब कामतले २, सिद्धान्त लोहनीले, दिपक जोशी, जोशक खड्का, श्रवण यादवले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको छापकीले २० ओभरमा १ सय ७१ रन बनायो । उसका रितेश रोयलले सर्वाधिक ६६ रन बनाए । यस्तै लव कामतले ३५ रनको योगदान गरे ।
छिटाहा टाइगर्सका अमन अलि र रेवती यादवले २-२ विकेट हात पारे ।
खेलका म्यान अफ द म्याच रितेश रोय घोषित भए ।