काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज आइतबार दुई खेल हुँदैछ ।
पहिलो खेलमा शीर्षस्थानको कोलकत्ता नाइट राइडर्सले सातौँ स्थानको दिल्ली क्यापीटल्ससँग खेल्ने छ ।
दोस्रो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सको सामना गर्ने छ ।
कलकत्ताले दिल्लीसँग मुम्बईस्थित ब्राबोरने रंगशालामा नेपाली समय दिउँसो अनुसार ३:४५ मा खेल्ने छन् । कलकत्ता आफ्नो ४ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ शीर्षस्थानमा छ ।
दिल्ली भने ३ खेलमा १ मात्र जित निकाल्दा २ अंकका साथ सातौँ स्थानमा छ ।
दोस्रो खेलमा मुम्बईको वनखाडे स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ मा राजस्थान र लखनउ भिड्ने छन् । नवप्रवेशी टिम लखनउ ४ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ नेटरनरेटमा लिगको चौथो स्थानमा छ ।
यस्तै राजस्थान ३ खेलमा २ जित निकाल्दा ४ अंक बटुल्दै लिगको पाँचौं स्थान छ ।