काठमाडौं । शेन वार्नको स्मृतिमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिपमा नेपाल आर्मी क्लबले एपीएफलाई पराजित गरेको छ ।
भैरहवास्थित सिदार्थनगर रंगशालामा भएको खेलमा आर्मीले एपीएफलाई ५१ रनले पराजित गरेको हो ।
१ सय ४० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ८८ रन बनाउँदा अलआउट भयो । उत्कृष्ट सुरुवात गरेको एपीएफलाई धराशायी बनाउन आर्मीका सोमपाल कामीले उत्कृष्ट बलिङ गरे ।
१० ओभर ५ बलमा ५२ रन बनाएर मात्र १ विकेट गुमाएको एपीएफ अन्तिम ३४ रन बनाउँदा ९ विकेट गुमायो । उसका प्रदिप ऐरीले ३१, रित गौतमले १२ तथा सुमित महर्जनले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
आर्मीलाई शानदार जित दिलाउन सोमपालले ४ विकेट लिए । उनले ४ ओभरमा मात्र १८ रन खर्चेर ४ विकेट हात पारे । यस्तै शाहाब आलम, कुशल मल्ल र बिक्रम सोबले समान २ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बानायो । रोहित पौडेलले ८० रनको अविजित अर्धशतकीय इनिङ खेले । उनले ५७ बलमा ९ चौका र १ छक्क प्रहार गरे । यस्तै भिम शर्कीले २२ तथा बिनोद भण्डारीले १९ रन्को योगदान गरे ।
एपीएफका किशोर महतो र भुवन कार्कीले समान २ विकेट लिए ।
खेलमा आर्मीका रोहित पौडेल प्लेअर अफ द म्याच घोषित भए ।