काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको हो ।
नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । कमल सिंह ऐरीको स्थानमा सोमपाल कामी टोलीमा परेका छन् ।
कमल अघिल्लो खेलमा पराजित भएका थिए ।
आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।
नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ । पीएनजीले यस अघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज २-० ले क्लिन स्विप गरेको थियो ।
पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो । ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो ।
पीएनजी नेपाललाई पन्छाउँदै टी-ट्वान्टी सिरिजको पनि उपाधि उचाल्ने योजनामा छ ।