काठमाडौं । इन्डीयन प्रिमियर लिग (आईपीएल)मा आज एक खेल हुँदै छ । आज हुने खेलमा सनराइजर्स हैदरावाद र लखनउ सुपर जायन्ट्स भिड्ने छन् ।
मुम्बईस्थित डीवाई पाटिल रंगशालामा हुने खेल साँझ ७:४५ मा सुरु हुनेछ ।
हैदरावाद लिगमा पहिलो जितको खोजीमा रहेको छ । हैदरावादको यो दोस्रो खेल हो । उसले यसअघि भएको खेलमा राजस्थान रोयल्ससँग ६१ रनले पराजित भएको थियो । हैदरावाद अंक तालिकाको पुछारमा छ ।
हैदरावादविरुद्ध लखनउ दोस्रो जित निकाल्न चाहान्छ । २ खेल खेलेको लखनउ १ खेलमा जित र १ खेलमा पराजित हुँदै २ अंकका साथ तालिकाको छैठौं स्थानमा रहेको छ ।
पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको लखनउले दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गरेको थियो ।
हैदरावाद एक पटकको लिग च्याम्पियन हो भने लखनउ यस संस्करणमा थपिएको नयाँ टिम हो ।