काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ ।
मुम्बईमा आइतबार राति पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै चेन्नईले तेस्रो हार व्यहोरेको हो ।
पन्जाबले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो ।

चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले । रोबिन उथप्पा र अम्बाती रायडु समान १३ रनमा आउट हुँदा कप्तान रविन्द्र जडेजा सुन्य रनमा आउट भए ।
महेन्द्र सिंह धोनीले २३ रन बनाए ।
पन्जाबका राहुल चाहरले ३ तथा लियाम लिभिङस्टोन र भैबब अरोराले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।
पन्जाबका लागि लियाम लिभिङस्टोनले ६० रनको अर्धशतकीय इनिङ्स खेले । शिखर धवनले ३३ तथा जितेश शर्माले २६ रन बनाए ।
चेन्नईका क्रिस जोर्डन र ड्वाने प्रिटोरिउसले २/२ विकेट लिए ।
यस जितसँगै पन्जाबले तीन खेलमा दोस्रो जित निकालेको छ । पन्जाबले ३ खेमा ४ अंक जोडेको छ ।
चेन्नईले ३ खेलमा अंक जोड्न सकेको छैन ।
