आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

अपराजित यात्रामा उपाधि लक्ष्य

आइतबार, २० चैत्र २०७८खेलपाटी संवाददाता
अपराजित यात्रामा उपाधि लक्ष्य
mustang rice ad

काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक लगातार पाँच जित हात पार्दा सन्दीप लामिछानले कप्तानको निर्वाह गरे ।

गत महिना ओमानमा भएको टी-ट्वान्टी विश्वकप छनोटको अन्तिम खेलमा जित निकालेको नेपालले घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा चार खेल जित्दै पहिलो पटक लगातार पाँच खेल जित्न सफल भएको हो ।

सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुग्यो । अन्य दुई राष्ट्र, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) भने तीन खेलमा पराजित हुँदा एक खेल जित्दै नेट रनरेटमा  अघि रहदै पीएनजी फाइनल पुगेको हो ।

सिरिजको फाइनल सोमबार हुँदैछ । अपराजित नेपाल घरेलु मैदानमा उपाधि उचाल्न आतुर छ भने लिग खेलमा संघर्ष गरेको पीएनजी समेत नेपाललाई पन्छाउँदै उपाधि उचाल्ने योजनामा छ ।

नेपालविरुद्धको एकदिवसीय सिरिज कब्जा गरेको पीएनजीले टी-ट्वान्टी सिरिजमा समेत फाइनलको लागि योजना बनाएको छ ।

'भोलि ठुलो खेल हुनेछ, हामी भोलिको खेलमा फोकस छौं र हामीलाई के गर्नु छ भन्ने थाहा छ ।' पीएनजीका कप्तान असद भालाले खेलअघि ट्रफी सार्वजानिक कार्यक्रममा भने ।

पीएनजी गत संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकपमा सहभागिता जनाएर आएको राष्ट्र हो । पीएनजीले विश्वकपमा जित भने निकाल्न सकेन । 

'हामीले धेरै टी-ट्वान्टी खेल खेलका छैनौं, अन्तिम पटक हामीले विश्वकपमा खेलेका हौँ । त्यसपछी हामी लिग टुको लागि फोकस भयौं ।' भालाले सिरिजमा खराब नतिजाको कारण बताउँदै भने, 'यस सिरिजको लागि आमन्त्रण गरेकोमा क्यानलाई धन्यवाद । जुनमा हुने विश्वकप छनोटको लागी यो प्रतियोगिताले हामीलाई मद्दत गर्नेछ ।'

पीएनजीले आगामी संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप छनोट खेल्न बाँकी छ । त्यसको लागि यस सिरिज सहयोगी हुने भालाले बताएका हुन् ।

उत्कृष्ट प्रदर्शनका बाबजुद विश्वकप छनोटबाट निराश भएको नेपालले यस सिरिजलाई प्रयोग तथा अभ्यासको रुपमा लिइएको छ । नेपालले युवा खेलाडीलाई मौका दिदै सिरिजलाई प्रयोग र अभ्यासको रुपमा लिएको हो । तर फाइनललाई भने नेपालले गम्भीर रुपमा लिएको छ ।

'अहिलेसम्म हामीले परिक्षण गर्यौं अब फाइनलमा राम्रो खेल्ने छौं,' नेपालका कप्तान सन्दीप लामिछानेले फाइनलअघि भने, 'एक खेलाडीको रुपमा मेरो लागि यो फाइनल एकदम महत्व राख्छ, म कप्तान भएपन नभएपनि म यो टिमको सदस्य हो । अरुलाई जति खुसी हुन्छ त्यतिनै खुसी मेरो लागि पनि हुन्छ ।'

राष्ट्रिय टिमको कप्तानी सन्दीपले सम्हालेपछि नेपाल कुनै पनि उपाधि नजिक पुगेको यो पहिलो पटक हो । कप्तानको रुपमा यो फाइनल कत्तिको महत्व राख्छ भन्ने प्रश्नमा सन्दीपले आफू कप्तान भन्दा पहिले टिमको सदस्य रहेको र अन्य खेलाडीलाई जस्तै खुसी आफू हुने बताएका हुन् । 

सन्दीपले नेपाली समर्थक नेपाल क्रिकेटको लागि बरदान रहेको र समर्थकनै नेपालको शक्ति भएको समेत बताए । महत्वपूर्ण खेलमा समर्थकमाझ खेल्नु कुनै प्रेसर नहुने बताए ।

'मलाई प्रेसर सिचुएसनमा र समर्थकको माझ खेल्नु मन पर्छ । हाम्रो लागि हाम्रो समर्थक एक शक्ति हो,' सन्दीपले भने, 'हाम्रो लागि यो एक खेल मात्र हो, प्रेसरको कुरा छैन, हामी हाम्रो योजनामा रहने छौं र हामीलाई जितको लागि खेल्न मन पर्छ । हामी जहिले तल परेको बेला समर्थकहरु आएर हौषला बढाउनु हुन्छ । यो नेपाल क्रिकेटको लागि बरदान हो की जो नेपाल क्रिकेटको लागि हरेक समय उपस्थित हुनुहुन्छ ।'

पीएनजीका प्रशिक्षक तथा अष्ट्रेलियाका पूर्व खेलाडी कार्ल सान्ड्रीले नेपाली टिमको प्रशंसा गरे ।

'नेपाल एकदम राम्रो टिम हो । हामीले पछिल्लो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको देखेका छौं । नेपाल जस्तो प्रतिद्वन्द्वी पाउनु भनेको हामीलाई चुनौती हो र त्यसको लागि हामीले आफ्नो बेष्ट दिनु पर्ने छ ।' पीएनजीका प्रशिक्षक कार्लले नेपालको प्रशंसा गर्दै भने, ' राम्रो बलर, ब्याटर र अलराउण्डरले भरिएको  नेपालसँग सुरु देखि अन्तिमसम्म राम्रो खेलाडी भएको टिमसँग खेल्न हामी तयार हुनु पर्छ । यस्तो राम्रो प्रतिद्वन्द्वीसँग खेल्न पाउनु हाम्रो लागि एक ठुलो चुनौती हो र यसको लागि हामी तयार छौं ।'

LiNing Ad
#NEPAL vs #PNG #TRINationseries

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन