काठमाडौं । काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष÷महिला सिंगल्ससहित विभिन्न ३२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
३ सय ५० खेलाडीको सहभागिता रहने छ । पुरुष÷महिला सिंगल्समा मात्र नगद पुरस्कार राखिएको छ । विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १५÷१५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबारसम्म चल्ने छ ।
‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ हुन लागेको प्रतियोगिता यसअघि माघ १ देखि ८ गतेसम्म हुने भनिएकोमा कोरोना भाइरसको तेश्रो लहर ओमिक्रोनका कारण स्थगित गरिएको थियो ।