काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालका अलराउण्डर करण केसी प्लेयर अफ् द म्याच चुनिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार नेपाललाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका करण प्लेयर अफ द म्याच चुनिएका हुन् ।
करणले ह्याट्रिक विकेट लिएपछि नेपालले पीएनजीलाई ३७ रनले हराएको थियो । यस्तै नेपाल एक खेल अगाबै सिरिजको फाइनलमा समेत पुगेको छ ।
पीएनजीविरुद्ध उनले २१ रन खर्चिएर ५ विकेट हात पारे ।
यसै खेलबाट उनले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ५० विकेटको कोशेढुंगा समेत पूरा गरे ।
करण टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी समेत बने ।
यस्तै टी-ट्वान्टी अन्तराष्ट्रियको एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।