काठमाडौं । अलराउण्डर करण केसीले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् ।
घरेलु भूमिमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा बिहीबार पपुवा न्युगिनी (पीएनजी) विरुद्धको ह्याट्रिक विकेट लिदै करणले कीर्तिमान बनाएका हुन् ।
करणले १९ औं ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिदै ह्याट्रिक पूरा गरे ।
उनले पीएनजीविरुद्ध कुल ५ विकेट हात पारे ।
करण टी-ट्वान्टी अन्तराष्ट्रियको एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।
करणले पीएनजीविरुद्ध नै टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ५० विकेटको कोशेढुंगा समेत पूरा गरे ।
उनले हालसम्म ५४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।