काठमाडौं । नेपालका अलराउण्डर करण केसीले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन् ।
त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा एक विकेट लिदै करणले ५० विकेट पूरा गरेका हुन् ।
करणले आफ्नो पहिलो ओभरमै पीएनजीका लेगा सिकालाई १ रनमा पेभेलियन फर्काउदै ५० विकेटको कोशेढुंगा पूरा गरे ।
टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने करण नेपालका दोस्रो खेलाडी बनेका छन् ।
यसअघि सन्दीप लामिछानेले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका थिए ।
करण नेपालको लागि टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन् ।