सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

'हाम्रो कार्यसमितिबाट धेरै काम भएको छ'

मंगलबार, चैत १५, २०७८खेलपाटी संवाददाता
'हाम्रो कार्यसमितिबाट धेरै काम भएको छ'
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो नेतृत्वको कार्यसमिति आएपछि फुटबलमा धेरै काम भएको बताएका छन् ।

मंगलबार एन्फाको विशेष साधारण सभामा बोल्दै अध्यक्ष शेर्पाले आफ्नो कार्यसमितिले धेरै काम गरेको बताएका हुन्।

'हाम्रो कार्यसमिति आएपछि धेरै काम भएको छ । अन्तराष्ट्रिय प्रतियोगितामा पुरुषले २४,  महिलाले १२ खेलमा सहभागी जनाएका छन् । प्रशिक्षक, रेफ्रीको तालिम नियमित गरेका छौँ,' अध्यक्ष शेर्पाले भने, '४ क्लबले एएफसी क्लब लाइसेन्स पाएको छ । ग्रासरुट फुटबलमा ब्रोन्ज मेम्बरसिप पाएका छौँ । कोचिङमा बी र सी लाइसेन्स दिन सक्ने भएका छौँ ।'

अध्यक्ष शेर्पाले कोभिडको समयमा समेत आफ्नो कार्यसमितिले अन्तराष्ट्रिय फुटबल आयोजना र लिग संचालन गर्न सफल भएको बताए  ।  

'हामीले फुटबलको फिलोसोपी बनाएर काम गरेका छौँ । कोभिड समय हुँदा पनि सहिद स्मारक लिगको तीन संस्करण गरेका छौँ  । थ्री नेसन्स आयोजना गरेका छौँ । अहिल लिग दुई संस्करण भईसकेको छ । फुटसलको ए डिभिजन लिग गरेका छौँ,' अध्यक्ष शेर्पाले भने ।

शेर्पाले यस कार्यकालमा नेपाली पुरुष र महिला टोलीले धेरै उपलब्धि हासिल गरेको समेत बताए ।

'साफमा दोस्रो भएका छौँ । थ्री नेसन्स जितेका छौँ । साग गेम्समा स्वर्ण जितेका छौं' अध्यक्ष शेर्पाले थपे, 'महिला टोली ४ प्रतियोगितामा दोस्रो भएको छ ।'

एन्फाको आर्थिक पारदर्शिताका लागि महत्वपूर्ण कामहरु गरेको उनले बताए ।

'हामीले आर्थिक पारदर्शिताका लागि धेरै काम गरेका छौँ । आर्थिक नियमावली बनाएका छौँ । जुन यस अघि थिएन । एन्फाको केन्द्रिय संरचनामा आठ समिति बनाएर काम गरिरहेका छौँ,' उनले थपे ।

यस्तै अध्यक्ष शेर्पाले निर्वाचनमा केन्द्रित भएर साधारण सभामा छलफल हुने बताए । 

सानेपास्थित हेरिटेज गार्डेनमा सुरु साधारण सभा राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइरालाले  उद्घाटन गरे ।

यस अघि फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा प्राविधिक कारण देखाएर स्थगित गरिएको थियो । तर, एन्फाको १८ औं कार्यसमिति बैठकले साधारण सभा चैत १५ गते आज गर्ने निर्णय गरेको थियो ।

निर्वाचन समिति गठन, निर्वाचन पुनरावेदन समिति गठन, उम्मेदवारको मनोनयन शुल्क निर्धारण र वार्षिक कार्यक्रम तथा बजेटको लेखा परीक्षण प्रतिवेदन लगायतको विषयमा साधारण सभामा छलफल हुनेछ ।

एन्फाको निर्वाचन आगामी वर्षको जेठ १५ गते हुनेछ ।

Bajaj Pulsar Motorcycle Ad
हाम्रो कार्यसमितिबाट धेरै काम भएको छ - अध्यक्ष शेर्पा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक