काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा आज मंगलबार बस्दैछ ।
एन्फाले यस अघि स्थगित विशेष साधारण सभा सानेपास्थित हेरिटेज गार्डेनमा बोलाएको छ ।
यस अघि फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा प्राविधिक कारण देखाएर स्थगित गरिएको थियो । तर, एन्फाको १८ औं कार्यसमिति बैठकले साधारण सभा चैत १५ गते गर्ने निर्णय गरेको थियो ।
साधारण सभामा निर्वाचनमा केन्द्रित एजेण्डाहरुमा छलफल हुने बताईएको छ ।
निर्वाचन समिति गठन, निर्वाचन पुनरावेदन समिति गठन, उम्मेदवारको मनोनयन शुल्क निर्धारण र वार्षिक कार्यक्रम तथा बजेटको लेखा परीक्षण प्रतिवेदन लगायतको विषयमा साधारण सभा छलफल हुनेछ ।
एन्फाको निर्वाचन आगामी वर्षको जेठ १५ गते हुनेछ ।