काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट आज सोमबार एक खेल हुँदैछ ।
आईपीएल अन्तर्गत सोमबार दुई नवप्रवेशी टोली गुजरात टाइटन्स र लखनउ सुपर जाइन्टबीच प्रतिस्पर्धा हुनेछ ।
गुजरात र लखनउबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।
आज दुबै टोली जित निकाल्दै डेब्यु खेल यादगार बनाउन चाहन्छ । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
बीसीसीआईले आईपीएलको टोली थप गर्दै १० बनाएपछि गुजरात र लखनउ अक्सनबाट छनोट भएका हुन् ।
गुजरातको कप्तानी हार्दिक पाण्डयले गर्ने छन् ।
त्यस्तै लखनउको कप्तानी केएल राहुलले गर्ने छन् ।