काठमाडौं । पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुआत गरेको छ ।
आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै पन्जाबले सुखद सुरुआत गरेको हो ।
बैंगलोरले दिएको २ सय ६ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
पन्जाबका लागि शिखर धवन र भानुका राजपाक्षले समान ४३ रन जोड्दा कप्तान मायांक अग्रवाल ३२ रनमा आउट भए । लियाम लिभिङस्टोन १९ रनमा आउट भए ।
ओडिन स्मिथ २५ रनमा अविजित रहदा साहरुख खान २४ रनमा अविजित रहे ।
बैंगलोरका मोहमद सिराजले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो ।
बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले ८८ रनको अर्धशतकीय इनिङ खेले ।
विराट कोहलीले अविजित ४१ रन जोड्दा दिनेश कार्तिकले अविजित ३२ रन बनाए । अनुज रावत २१ रनमा आउट भए।
पन्जाबका अर्शदिप सिंह राहुल चाहरले १-१ विकेट लिए ।
जितसँगै पन्जाबले पहिलो खेलमा २ अंक जोडेको छ ।
बैंगलोरले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।