पोखरा । प्रणव मानन्धर र सौगात विक पोखरामा जारी मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा ब्वाइज ओपन डबल्सतर्फ च्याम्पियन भएका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा बिहीबार भएको फाइनल खेलमा सो जोडीले निशा जोशी र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएका हुन् ।
प्रतियोगितामा विजेता जोडीले नगद १५ हजार सहित मेडल तथा उपविजेता जोडीले नगद ७ हजार ५ सय सहित मेडल पुरस्कार प्राप्त गरे । त्यस्तै अशव हाडा र स्पन्दन उदास तथा शास्वत बज्राचार्य र सृजन भट्टराइको जोडीले तृतीय स्थान प्राप्त गरे ।
१६ वर्ष मुनिको ब्वाइज सिंग्लस उपाधि प्रणव मानन्धरले जिते । उनले फाइनल खेलमा राजबिर प्रधानलाई ६–०, ६–१ को सहज नतिजा निकाले । जितसंगै उनले नगद १५ हजार सहित मेडल तथा उपविजेता राजबिरले नगद ७ हजार ५ सय सहित मेडल पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सौगात विकले तृतीय स्थान हाँसिल गरे ।
विजयी खेलाडीहरुलाई कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नविन चालिसे, कोषाध्यक्ष अनुज बाँस्तोला, संघका सदस्य प्राञ्जल कायस्थ, नेपालका शिर्षवरियता खेलाडी प्रदिप खड्का लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा गल्र्सतर्फका फाइनल तथा अन्य खेलहरु जारी छन् ।