काठमाडौं । स्पेनिस टेनिस खेलाडी राफायल नाडाल ४ देखि ६ साता कोर्ट बाहिर रहने भएका छन् ।
हिप इन्जुरीको कारण उनी करिब ६ साता कोर्टमा नदेखिने भएका हुन् ।
इन्डियन वेल्स टेनिसको सेमिफाइनल खेल दौरान उनले चोट बोकेका थिए ।
चोटकै कारण नाडालले इन्डियन वेल्सको फाइनलमा हार व्यहोरेका थिए ।
३५ वर्षीय नाडालले फाइनल दौरान श्वासप्रश्वासमा समस्या देखिएको बताएका थिए ।
कीर्तिमानी २१ पटकको ग्रान्डस्लाम विजेता नाडालले फ्रेन्च ओपन गुमाउने सम्भावना रहेको छ।