पोखरा । मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा आर्यषराज पौडेलले विजयी सुरुआत गरेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा नेपाल टेनिस संघको समन्वयमा सोमबारदेखि पोखरामा सुरु भएको प्रतियोगितामा ८ वर्ष मुनिका नेपाल च्याम्प पौडेलले आफ्नैं उमेर समुहको खेलमा रेयान्स बहादुर भट्टराईलाई पराजित गरेका हुन् ।
८ वर्ष मुनिका अन्य खेलहरुमा निरज टण्डनले आदित्य केसीलाई, नितेस थापाले इभान भट्टराईलाई, सुभान केसीले प्रान्सु कायस्थलाई पराजित गरे ।
८ वर्ष मुनिकै गल्र्सतर्फ सारा पन्तले जेनोभा शर्मालाई तथा जिवाश्रीले केजिया शाक्यलाई पराजित गरिन् ।
१४ वर्ष मुनिको गल्र्स सिंगल्समा प्रशंसा मोक्तानले आदिती पराजुलीलाई तथा सिभाली गुरुङ्गले स्वस्तिका बिष्टलाई पराजित गरिन् ।
१४ वर्ष मुनिको ब्वाइज सिंगल्समा राजविर प्रधानले स्पर्श क्षेत्रीलाई, निसाद जोशिले जिवन सुनारलाई, सृजन भट्टराईले शास्वत बज्राचार्यलाई तथा दर्शील श्रेष्ठले एड्रिन थापालाई पराजित गरेका छन् ।
प्रतियोगितामा यु–८,९ र १० का विजेता तथा उप–विजेता खेलाडीहरुले गिफ्टह्याम्पर्स, तथा तृतीयलाई मेडल तथा प्रमाणपत्र, यु–१२ ब्वाईज एण्ड गल्र्स सिंगलका विजेताले नगद ८ हजार, उप–विजेताले ५ हजार तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
यु–१४ ब्वाईज एण्ड गल्र्स सिंगलतर्फ विजेताले नगद १२ हजार, उप–विजेताले नगद ६ हजार तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
यु–१६ ब्वाइज एण्ड गल्र्सतर्फ विजेताले नगद १५ हजार, उप–विजेताले नगद ७ हजार ५ सय तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्करा प्राप्त गर्नेछन् ।
त्यस्तै ओपन ब्वाइज एण्ड गल्र्स डबल्सतर्फ विजेताले नगद १५ हजार, उप–विजेताले नगद ७ हजार ५ सय तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको कास्की जिल्ला टेनिस संघका संरक्षक कुमार मोहनबहादुर शाहीले उद्घाटन गरे । उनले जुनियर टेनिस विकासका लागि सहयोग घोषणा समेत गरे ।
प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा हरेक वर्ष दुई लाख रुपैयाँ सहयोग गर्ने तथा खेलाडीको विकासका लागि आफ्ना बुबा आमाको नाममा ४ लाख रुपैयाँको अक्षयकोष राख्ने पनि उनले घोषणा गरे ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ्ग, फिष्टेल एकेडेमीका प्राचार्य चिनु रानाभाट, गण्डकी बोर्डिङ्ग स्कुलका प्राचार्य विरेन्द्र खड्का र टेनिस संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थले पोखरामा टेनिस खेलले राम्रै सफलता हाँसिल गरेको बताए ।