पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजना तथा नेपाल टेनिस संघको समन्वयमा सोमबारदेखि पोखरामा मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०७८ सञ्चालन हुने भएको छ ।
टेनिस संघ कास्कीले आइतबार पोखरामा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको छ । कास्की जिल्ला टेनिस संघका संरक्षक कुमार मोहनबहादुर शाहीको मुख्य प्रायोजन तथा कास्की जिल्ला टेनिस अभिभावक संघको सहयोगमा हुने यस प्रतियोगितामा यु–८, ९, १०, १२, १४ र १६ ब्वाईज÷गल्र्स सिंगल तथा ओपन ब्वाइज एवं गल्र्स डबल्सतर्फ प्रतिस्पर्धा हुने संघ कास्कीका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी गराए ।
प्रतियोगितामा यु–८,९ र १० का विजेता तथा उप–विजेता खेलाडीहरुलाई गिफ्टह्याम्पर्स, तथा तृतीयलाई मेडल तथा प्रमाणपत्र, यु–१२ ब्वाईज एण्ड गल्र्स सिंगलका विजेताले नगद ८ हजार, उप–विजेताले ५ हजार तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
यु–१४ ब्वाईज एण्ड गल्र्स सिंगलतर्फ विजेताले नगद १२ हजार, उप–विजेताले नगद ६ हजार तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक नविन श्रेष्ठले बताए । यु–१६ ब्वाइज एण्ड गल्र्सतर्फ विजेताले नगद १५ हजार, उप–विजेताले नगद ७ हजार ५ सय तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्करा प्राप्त गर्नेछन् ।
त्यस्तै ओपन ब्वाइज एण्ड गल्र्स डबल्सतर्फ विजेताले नगद १५ हजार, उप–विजेताले नगद ७ हजार ५ सय तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताका निर्देशकहरुमा जेटिआई कोर्डिनेटर सूर्यभुषण बज्राचार्य र चन्द्र शाही रहेका छन् ।