पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीनानाथ बराल निर्वाचित भएका छन् ।
पोखरामा शनिबार भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट बराल निर्वाचित भएका हुन् ।
बरालले प्रतिस्पर्धी रञ्जन अधिकारीलाई ९ मतले पराजित गर्दै अध्यक्ष चुनिएका हुन् ।
आगामी दुई वर्षे कार्यकालका लागि भएको मतदानमा ४९ मत खसेकामा बरालले २९ र अधिकारीले २० मत प्राप्त गरे ।
मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशिकुमार पौडेल र कोषाध्यक्षमा कविता घर्तीमगर चुनिए । अध्यक्ष बाहेक अन्य पदमा भने सर्वसम्मत भएको थियो ।
मञ्चको सदस्यमा दीपकराज मुल्मी, नारायण शाही, उमेश पुन, मानबहादुर घर्ती र राजु गिरी निर्विरोध निर्वाचित भएका छन् ।