एजेन्सी । दोस्रो वरीयताका सर्बियन खेलाडी नोभाक जोकोभिच पेरिस मास्टर्स टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
मंगलबार राति भएको खेलमा पोर्चुगलका जोआ सौसालाई हराएर जोकोभिचले तेस्रो चरणको यात्रा तय गरेका हुन् । जोकोभिचले सौसामाथि ७ - ५ र ६ - १ को जित निकालेका थिए ।
यस बर्ष विम्बल्डन र युएस ओपन जितेका जोकोभिचले अब तेस्रो चरणमा बोस्नियाका दामिर जुम्हरसंग खेल्नेछन् ।
पेरिस मास्टर्स अन्तर्गत नै विश्व नम्बर एक राफायल नाडाल र तेस्रो वरीयताका रोजर फेडेररले बुधबार खेल्नेछन् ।