काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका सार्वजनिक कार्यक्रम रोक्न आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टलाई आग्रह गर्ने भएको छ ।
आयोजकले आगामी आइतबार दोस्रो संस्करणको एनएसएलको खेल तालिका सार्वजनिक गर्ने कार्यक्रम राखेको थियो ।
तर, एन्फाले बनाएको समिति र असन्तुष्ट चार ए डिभिजन क्लबको छलफलपछि आयोजकलाई खेल तालिका सार्वजनिक गर्ने कार्यक्रम नगर्न पत्र पठाउने निर्णय गरेको हो ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले क्लबसँगको छलफलले खेल तालिका सार्वजनिक कार्यक्रम रोक्ने निर्णय गरेको जानकारी गराए ।
'आज चार क्लबसँग बैठक बस्यौं । एनएसएलले टाइसिट ड्र आइतबार राख्नु भएको रहेछ । त्यसलाई रोक्न पत्राचार गर्ने निर्णय भएको छ,' तुलाधरले खेलपाटीसँग भने ।
पछिल्लो समय खेलाडी अनुबन्धको विषयमा सहिद स्मारक ए डिभिजन लिग क्लबले विरोध जनाउदै आएका छन्।