सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

नेकोसले गर्यो विभिन्न विभागको कार्य विभाजन  

शुक्रबार, चैत ४, २०७८खेलपाटी संवाददाता
नेकोसले गर्यो विभिन्न विभागको कार्य विभाजन  
Classic Tech Internet Ad

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) ले कार्यविभाजन सहितको सर्कुलर जारी गरेको छ ।

महासंघको दोश्रो महाधिवेशन आयोजक कमिटीको संयोजकमा तत्कालीन वरिष्ठ उपाध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) चयन भएपछि फागुन २९ गते काठमाडौंमा आयोजक कमिटीको विस्तारीत बैठक सम्पन्न गरी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको हो ।

प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ को पहिलो सदस्य सचिवको भूमिका समेत निर्वाह गरिरहेका महासंघका संयोजक बस्नेतले खेलकुद क्षेत्रको संस्थागत विकासले मात्र खेलक्षेत्रलाई अन्तराष्ट्रियकरण गर्ने र खेलाडी तथा खेलकर्मीका अधिकारको रक्षा गर्न सक्ने हुँदा विकासको गतिलाई नयाँ दिशा दिनका लागि नेपाल खेलकुद महासंघलाई गाउँगाउँसम्म पुर्राउने र खेलकुद गतिविधिलाई घरघरमा पुर्राउने प्रतिबद्धता व्यक्त गरे ।

महासंघको बैठकले नेपालको समग्र खेल क्षेत्रको विकास र समृद्धीका लागि “एक पालिका एक रंगशाला, एक वडा एक खेल पूर्वाधार” निर्माण लाई आगामी स्थानीय निर्वाचनमा आफ्नो चुनावी घोषणापत्रमा समावेश गर्नका लागि नेकपा एमालेलाई अनुरोध गर्ने विशेष प्रस्ताव समेत पास गरेको छ ।

महाधिवेशन आयोजक कमिटीको प्रथम बैठकले महासंघको बैठक सन्चालन कार्यविधि २०७८ पारित गरी लागु समेत गरेको छ । बैठकले ३३ सदस्यीय स्थायी कमिटी तथा ७७ सदस्यीय सचिवालय सदस्य अनुमोदन गर्नुका साथै प्रदेशका इन्चार्ज तथा सहइन्चार्ज, जिल्लाका इन्चार्ज तथा सहइन्चार्ज, महानगरका इन्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ । त्यस्तै, महासंघले फागुन २८ गते संयुक्त राष्ट्रिय भेलामार्फत गठन भएका मातहतका २७ वटा राष्ट्रिय खेलका इन्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ ।

महासंघको बैठकले केन्द्रमा प्रतिनिधित्व नभएका जिल्लालाई मध्यनजर गर्दै विभिन्न खेलक्षेत्रका ३० जनालाई महाधिवेशन आयोजक कमिटी सदस्यमा मनोनीत गरेको छ । साथै महासंघको विधानमा व्यवस्था भए बमोजिम २१ वटा केन्द्रीय विभागको समेत प्रमुख, उपप्रमुख र सचिव चयन गरेको छ ।

नेपाल खेलकुद महासंघले ८ मध्ये पहिलो चरणमा ६ प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको छ । बाँकी दुई प्रदेश लुम्बिनी र गण्डकीमा क्रमशः १० चैत र १९ चैैतमा अधिवेशन गर्ने निर्णय भएको छ । त्यस्तै, सबै जिल्लाका अधिवेशनहरु एक महिने अभियान अन्र्तगत ५ चैतबाट सुरु गरेर ५ वैशाखसम्म सम्पन्न गर्ने निर्णय गर्दै मातहत कमिटीलाई निर्देशन समेत गरेको छ ।

नेपाल खेलकुद महासंघले बैशाख ३० मा सम्पन्न हुने स्थानीय निर्वाचनलार्ई लक्षित गर्दै धरमबहादुर लामालाई १ हजार १ सदस्यीय स्थानीय निर्वाचन परिचालन अभियानको संयोजन गर्ने जिम्मेवारी दिएको छ ।

सबै प्रदेशका पदाधिकारी, राष्ट्रिय खेलसंघका पदाधिकारी, जिल्लाका कमिटीका पदाधिकारी, महानगर तथा उपमहानगरका अध्यक्ष एवं नगर तथा गाउँपालिकाका अध्यक्षहरु र खेलप्रेमीहरु स्वयंसेवा गर्नका लागि अभियानमा सक्रिय रहनेछन् ।

आगामी वैशाखमा काठमाडौमा एक कार्यक्रम गरी उक्त अभियानको थालनी गरिनेछ ।

नेपाल खेलकुद महासंघको प्रदेश १ को इन्चार्जको जिम्मेवारी सन्तोष वान्तवाले पाएका छन् भने दिलचक्र राई, कृष्ण प्रसाद सिग्देल, थलु राजभण्डारी र सन्तोषी श्रेष्ठलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी मधेस प्रदेशको ईन्चार्जमा मानदेव हजरा तथा सह इन्चार्जमा राजेश साह, शिवजी गुप्ता, प्रभुनारायण सिवाकोटी र अरविन्द चयन भएका छन् । बागमती प्रदेशमा इन्चार्जको जिम्मेवारी धरमबहादुर लामाले पाएका छन भने सहइन्चार्जको जिम्मेवारी दिपक न्यौपाने, मुनाल घिसिङ, तीर्थ बहादुर खड्का र उज्ज्वल सुवेदीले पाएका छन् ।

महासंघको गण्डकी प्रदेश ईन्चार्जको जिम्मेवारी ऋषिराम गौतमले पाए भने प्रदीप थापामगर सहइन्चार्ज बनेका छन् । लुम्बिनी प्रदेशमा भीम ओली इन्चार्ज भएका छन भने सहइन्चार्जको जिम्मेवारी प्रनीर अधिकारी र हिमाल श्रेष्ठलाई दिईएको छ ।

त्यस्तै, चेतनराज गिरीले कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी पाए भने मोहन शाही र एनबी बस्नेत सहइन्चार्ज भएका छन । महासंघले सुदूरपश्चिम प्रदेशमा विष्णु चन्दलाई इन्चार्ज तोकेको छ भने हिक्मत थापा र दिपेन्द्र गिरिलाई सहइन्चार्ज बनाएको छ । त्यसैगरी महासंघले सुदर्शन गुरुङलाई उपत्यका विशेष प्रदेश कमिटीको इन्चार्ज बनाएको छ भने शैलेन्द्र श्रेष्ठ, केशव ओली र अशोक ढुंगेललाई सहइन्चार्ज तोकेको छ ।

नेपाल खेलकुद महासंघले विधान व्यवस्था भए अनुरुप विभिन्न केन्द्रीय विभागमा समेत जिम्मेवारी तोकेको छ ।

Bajaj Pulsar Motorcycle Ad
नेकोसले गर्यो विभिन्न विभागको कार्य विभाजन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने