काठमाडौं । स्पेनिस राफायल नाडाल इन्डियन वेल्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
क्वाटरफाइनलमा अष्ट्रेलियाका निक क्रिगोसलाई हराउँदै नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन्।
३५ वर्षीय नाडालले निकमाथि ७-६(७-०), ५-७ र ६-४ ले हराए ।
२०२२ मा नाडालको यो लगातार १९ औं जित हो ।
कीर्तिमानी २१ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले २०२२ मा हार व्यहोरेका छैनन् ।