काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धि सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई पुनः सरेको छ ।
सर्वोच्चले सुनुवाईलाई आइतबार स्थगित पेशीको सूचीमा राखेको छ ।
सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेको थियो ।
यस्तै मन्त्री परिषद्ले गत मंसिर १३ गते टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।
तर, सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयले सदस्य सचिवको मुद्दा किनारा नलागेसम्मका लागि कुलबहादुर थापालाई राखेपको कार्यकारी अधिकार दिईसकेको छ ।