सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

बागमती प्रदेश स्तरीय खेलकुद सुरु

शनिबार, फागुन २८, २०७८खेलपाटी संवाददाता
बागमती प्रदेश स्तरीय खेलकुद सुरु
Classic Tech Internet Ad

हेटौडा । प्रथम बागमतीे प्रदेश खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन भएको छ ।

हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा मुख्य मन्त्री राजेन्द्र पाण्डेले ओलम्पियन बैकुण्ठ मानन्धरलाई ओलम्पिक ट्रर्च हस्तान्तर गरे पछि १५ दिने प्रतियोगिताको विधिवत उद्घाटन भएको हो ।

उद्घाटनका अवसरमा मुख्य मन्त्री पाण्डेले प्रदेश खेलकुदको उद्घाटन गर्न अवसर मिलेको गौरवको अनुभूति भएको बताए ।

मुख्य मन्त्री पाण्डेले हेटौडामा खेलकुद एकेडेमी संचालन तथा् खेलकुद विश्वविद्यालयका स्थापनका लागि पहल कदमी लिने बताए ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले संघीय ढाचामा गए पश्चात   ऐतिहासिक  प्रतियोगिता भएको धारण राख्दै प्रदेश स्तरमा प्रतिभावन खेलाडी उत्पादन हुन विश्वास ब्यक्त गरे । उनले खेलकुदको लगानी राष्ट्रिय गौरव र एकताको लागि भएको धारणा व्यक्त गरे ।  

प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले प्रदेश सरकारको सहयोग र सक्रियतालाई हार्दिक आभार ब्यक्त गदै भने, 'प्रत्येक बर्ष प्रदेश खेलकुद गरेर बागमती प्रदेशलाई शसक्त बनाउने उद्देश्य लिएका छौं । अब खेलाडी घाईते भएर सहयोगका लागि टाउको निर्याउनु पर्ने अवस्था आउने छैन । प्रतियोगिताका दौरान खेलाडी घाईते भएमा  जिम्मेवारी हामीले लिने छौं ।'

कार्यक्रम युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको अध्यक्षतामा संचालन भएको थियो ।

उद्घाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, तेक्वान्दोको प्रदर्शनी, विभिन्न तामाङ, नेवाः, थारु समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो । 

बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहको प्रतियोगितामा एथलेटिक्स, फुटबल, भलिबल, कराते, तेक्वान्दो, ब्याडमिन्टन, क्रिकेट र बक्सिङ खेलका १ हजार ८ सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

एथलेटिक्सका महिला ११७ पुरुष १४३ ,फुटबलमा महिला १८० पुरुष २३४ खेलाडी रहेका छन् ।

भलिबलमा महिला÷पुरुष समान १२२ खेलाडी रहेका छन् । करातेका महिला ९१,पुरुष ११६,तेक्वान्दो ११४,पुरुष १२१ खेलाडीहरुले आ–आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

त्यसैगरी ब्याडमिन्टनमा ४४ महिला ७२ पुरुष,क्रिकेटमा ४२ महिला १६८ पुरुष र बक्सिङमा २८ महिला र ८६ पुरुष खेलाडी रहेका छन् । 

प्रतियोगितालाई भब्य सम्पन्न गर्न बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

प्रदेश खेलकुद विकास परिषद्,बागमतीका सदस्य–सचिव महासचिव रहेको मूल आयोजक कमिटिले बिभिन्न ५ वटा उपसमिति गठन गरेको छ ।

समारोह तथा प्रचार प्रचार उपसमितिका संयोजकमा रेसलर हिक्मत थपलिया रहेका छन् । बसोबास तथा यातायात उपसमितिको संयोजकमा धनकुमार मैनाली,पुरस्कार शिल्डमेडल तथा पोशाक उपसितिको संयोजकमा निरवहादुर थापा,स्वास्थ्य उपसमितिको संयोजकमा सपना लामा र सुरक्षा उपसमितिको संयोजकमा डिएसपी खड्ग खत्री रहेका छन् ।

८ खेलका ८ वटा प्राविधिक समिति पिप्ले क्याम्पा रंगशालामा फुटबल र थानाभर्याङ कभर्डहलमा ब्याडमिन्टका खेल फाल्गुन २९ देखि शुरु हुने छन् । फाल्गुन ३० देखि चितवनको माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरु संचालन हुने छन् । हेटौडाको भुटनदेवी स्कुलमा चैत्र ५ देखि तेक्वान्दो हुने छ । 

त्यस्तै काठमाण्डौको दशरथ रंगशालामा चैत्र ६ देखि एथ्लेटिक्स तथा सिन्धुपालञ्चोकमा चैत्र ७ गते देखि कराते शुरु हुनेछ ।

काभ्रेको धुलीखेल फुटबल मैदानले समापन सहित दुई खेलको आयोजना गर्ने अवसर   प्राप्त गरेको छ । महिला फुटबल चैत्र ७ देखि बक्सिङ चैत्र ९ देखि शुरु हुने छ प्रतियोगिताको समापन चैत्र १२ गते हुनेछ ।

प्रतियोगितामा ८ करोड ४ लाख खर्च हुने अनुमान गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी गराएका छन् । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ र प्रत्येक खेलाडीको बिमाको पनि व्यवस्था गरिएकोे छ ।

Bajaj Pulsar Motorcycle Ad
बागमती प्रदेश खेलकुद शुरु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने