काठमाडौं । आईसीसी महिला क्रिकेट विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाले लगातार दोस्रो जित दर्ता गरेको छ ।
न्यूजिल्यान्डको माउन्ट मान्गुनाईमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्ध ६ रनको रोमाञ्चक जित हात पारेको हो ।
२ सय २४ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४९ ओभर ५ बलमा २ सय १७ रन बनाउँदा अल आउट भयो । पाकिस्तानका दुई खेलाडीले अर्धशतक बनाए पनि जित निकाल्न भने सकेनन् । पाकिस्तानकी ओमानिमा सोहिलले ६५ रन तथा निदा डरले ५५ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै पाकिस्तानकी नहिदा खानले ४० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् ।
दक्षिण अफ्रिकाकी शब्निम इस्माइलले ३ तथा मारिजान्ने र आयाबोङ्गाले समान २/२ विकेट हात पारिन् ।
यसअहि टस हरेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २३ रन बनायो । दक्षिण अफ्रिकाकी लौरा वोल्भार्ड्टले सर्वाधिक ७५ तथा कप्तान सुने लूसले ६२ र रनको अर्धशतकीय इनिङ खेले । छ्लोइ ट्रयोन र त्रिशा छेट्टिले समान ३१/३१ रनको योगदान गरे ।
पाकिस्तानकी फातिमा सना र गुलाम फातिमाले समान ३/३ विकट हात पारे ।
२ खेलमा २ जित हात पर्दै ४ अंकका साथ दक्षिण अफ्रिका तालिकाको तेस्रो स्थानमा रहेकोच छ । यता पाकिस्तान भने ३ खेलमा ३ हर व्यहोर्दा तालिकाको पुछारमा छ ।