काठमाडौं । श्रीलंकाका स्टार खेलाडी सम्मीलित श्रीलंका संयुक्त-११ ले नेपालाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
श्रीलंका भ्रमणमा रहेको नेपाललाई अन्तिम अभ्यास खेलमा श्रीलंका संयुक्त-११ ले २ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर ब्याटिङ गरेको श्रीलंका संयुक्त-११ ले ४८ ओभर २ बलमा २ सय ३२ रन बनाउँदा अल आउट भयो ।
श्रीलंका संयुक्त-११ का ए फर्नान्डोले सर्वाधिक रन बनाए । उनले ५६ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै विराक्कोडीले ४९ रन बनाए बनाउँदा मुनविराले १४, उपुल थरंगाले ३, थिसेरा परेराले ८, सिल्भाले ६, दिलरुवान परेराले १४, प्रसन्नाले १२, कुमारस्वामीले ३० तथा निमन्थाले १८ रन बनाएर पेभिलियन फर्किए ।
नेपालको लागि दिपेन्द्र सिंह ऐरी र सगर ढकालले समा ३/३ विकेट लिए । यस्तै सोमपाल कामीले २ विकेट, सन्दीप लामिछाने र आरिफ शेखले समान १/१ विकेट लिए ।
यसअघि नेपालले खेलेको तीन अभ्यास खेलमा सहज जित हात पारेको थियो । अभ्यास खेलमा नेपालले श्रीलंका पुलिसविरुद्ध राम्रो ब्याटिङ गरेको थियो भने श्रीलंका नेभीविरुद्धको दुई अभ्यास खेलमा नेपालको ब्याटिङ चलेको थिएन ।